क्रेडिट रेटिङ्ग कम्पनीसंग अन्र्तक्रिया कार्यकम सम्पन्न - रेटिङ्ग व्यवसायको दायरा फराकिलो बन्दै |

बोर्डको यस आ.व.को कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने ऋणीहरु तथा नगरपालिका ऋणपत्रहरुको समेत शाख मूल्यांकनको लागि सम्बन्धित नगर विकास कोषहरुसंग समन्वय गरी निष्काशन व्यवस्था गर्ने कार्यक्रम रहेको सन्र्दभमा क्रेडिट रेटिङ्ग व्यवसायको वर्तमान अवस्था तथा सोको विविध पक्षहरुकोे सम्वन्धमा क्रेडिट रेटिङ्ग कम्पनीसंग छलफल÷अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा इक्रा नेपाल लि. का विज्ञ किशोर प्रसाद विमली.तथा केयर रेटिङ्गस नेपाल लि. का कार्यकारी प्रमुख साजन गोयलले क्रेडिट रेटिङ्ग व्यवसाय सम्वन्धी विविध पक्षहरु साथै चालु आ.व देखि शुरु भएको वैंक ऋणीको क्रेडिट रेटिङ्ग प्रक्रिया, रेटिङ्ग गरिएका संगठित संस्थाहरु सम्वन्धी विवरण, रेटिङ्ग फि संरचना लगायतको विषयमा प्रस्तुती गर्दै Industrial Risk, Business Risk, Management Risk, Financial Risk र Project Risk का सूचकहरुको आधारमा रेटिङ्ग गरिने जानकारी समेत भएको थियो । उक्त कार्यक्रमा नगर विकास कोषहरुसंग समन्वय गरी हाल पाँच नगरपालिकाहरुको रेटिङ्ग गर्ने प्रक्रिया समेत शुरु भएको र सो रेटिङ्गका आधारहरुको सम्वन्धमा समेत प्रस्तुती गरिएको थियो । सो अवसरमा कार्यक्रमको उद्देश्य माथि वोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौड्यालले प्रकाश पार्नु भएको थियो भने अर्का कार्यकारी निर्देशक निरज गिरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त कार्यक्रममा वोर्डका कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको शुभारम्भ गर्दै वोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले विगतमा सार्वजनिक निष्काशनको मात्र क्रेडिट रेटिङ्ग भईरहेकोमा उक्त व्यवसायको क्षेत्र विस्तार गर्ने वोर्डको कार्यक्रम बमोजिम वित्तिय संस्थाको ऋणमा ऋणी संस्थाकोे रेटिङ्ग गर्नु पर्ने साथै स्थानीय ऋणपत्रको लागि स्थानीय निकायहरुको समेत रेटिङ्गको व्यवस्था आवश्यक भएको बताउदै धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ र धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा सूचिकृत कम्पनीहरुको रेटिङ्गको व्यवस्था गरिएकोमा यसबाट यो व्यवसायको महत्व तथा कार्यक्षेत्र उल्लेखनीय रुपमा बढ्ने गएको धारणा राख्नु भएको थियो । यसरी रेटिङ्ग व्यवसायको क्षेत्र विस्तार हुनुको साथै गत वर्ष थप एक संगठित संस्थाले समेत क्रेडिट रेटिङ्ग व्यवसाय गर्ने अनुमति प्राप्त गरेको हँुदा क्रेडिट रेटिङ्ग कम्पनी दुई भई क्रेडिट रेटिङ्ग सेवा थप प्रतिस्पर्धी र छिटो छरितो भर्ई सेवाग्राहीहरुले सहज एवं सरल ढंगले सेवा प्राप्त गर्न सक्ने अवस्था समेत सिर्जना भएको छ । हाल वोर्डले थप एक संगठित संस्थालाई क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्न सहमतिपत्र समेत प्रदान गरेको छ । वित्तिय क्षेत्रको ऋणीलाई कर्जा प्रवाह गर्दा रेटिङ्ग गर्नु पर्ने व्यवस्था यसै वर्ष शुरु भए अनुसार यस आ.व को पहिलो ४ महिनामा १० वटा यस्तो रेटिङ्ग भैसकेको छ भने सार्वजनिक निष्काशनको लागि १२ वटा रेटिङ्ग भएको छ । गत आ.व कोे यही अवधिमा सार्वजनिक निष्काशनको सात वटा रेटिङ्ग भएको थियो । स्मरणीय छ वोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली तथा धितोपत्र सूचीकरण विनियमावलीमा सूचिकृत कम्पनीहरुको रेटिङ्गको आधारमा नेप्सेमा “ए” र “बी” वर्गमा वर्गीकरण हुने व्यवस्था गरेकोमा सोही बमोजिम सूचिकृत कम्पनीहरुले रेटिङ्ग गरी सोको आधारमा नेप्सेले वर्गीकरण गर्ने कार्य समेत शुरु गरिसकेको छ ।